Saturday, November 14, 2015

दाउरा किन्नका लागि पेट्रोलको जस्तै लाइन

काठमाडौं,कातिक २९ । सरकारले राजधानीमा बिक्री गरेको दाउरा किन्न डिजेल पेट्रोलको जस्तै लाईन लागेको छ । भारतको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सरकारले टिम्बर कर्पोरेशन अफ नेपालको जिम्मामा बिक्री सुरु गरेको दाउरा किन्न विहानै देखि लाईन लागेको हो । खाना पकाउने एलपीजी ग्याँसको चरम अभाव भएपछि काठमाडौ उपत्यकाका उपभोक्ताहरुलाई आजबाट काठमाडौंको गौशाला र ललितपुरको बालकुमारीबाट दाउरा विक्रि सुरू गरेको हो।

उपभोक्तालाई बिक्रीका लागि टिसीएनले बाराको बनबाट रुखका ६ ट्रक मुढा काठमाडौ ल्याएको छ। टीसीएनले मुढा नचिरीकनै उपभोक्ताहरुलाई विक्री गर्ने तयारी गरेको छ। मन्त्रालयले बिक्री गर्न लागेको दाउरा एक किलोको १५ रुपैयाँ पर्छ । एक परिवारले बढीमा एक सय किलो दाउरा मात्र किन्न पाउनेछन् । बजारमा दाउरा किलोको २५ देखि ३० रुपैयाँ तिर्नु परेको उपभोक्ताले बताएका छन् । दाउरा बितरण बिहान ८ बजेदेखि सांझ ५ बजेसमम चल्ने कर्पोरेशनले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts