Friday, November 6, 2015

नाकाबन्दीले सरकारको आँखा खुल्यो ट्रली बस फेरि सञ्चालन हुन्छ: ओली

काठमाडौं,कातिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रली बस फेरि सञ्चालन गरिने बताएका छन् । भारत सरकारले नेपालमाथि लगाएको नाकाबन्दीका कारण नेपाली जनता र नेपाल सरकारको आँखा खुलेको बताउँदै अबको एक वर्षभित्र नेपालमा लोडसेडिङको अन्त्य गर्नुका साथै राजधानीमा ट्रली बस फेरि सञ्चालनमा ल्याउने बताए । , विद्युतीय उत्पादन र सौर्य ऊर्जाको विकास गरी पेट्रोल र ग्यासको निर्भरता घटाउने पनि बताए ।

नेपाल पत्रकार महासंघले भारतीय नाकाबन्दीका कारण दैनिक जनजीवन अस्तव्यस्त भएकाले कूटनीतिक पहल गरि छिटो समस्याको समाधान खोज्न ध्यानाकर्षण गराएपछि ओलीले यस्तो धारणा व्यक्त गरेका हुन ।

पत्रकार महासंघले मधेस आन्दोलनलाई पनि संवादको माध्यमबाट चाँडो निश्कर्षमा पुर्याउन आग्रह गरेको छ । नयाँ संविधानले सबैलाई बराबरी अधिकार दिएको छ कसैलाई भेदभाव गरेको छैन् । आन्दोलनतर दलसँग वार्ता गरि उचित माग पुरा गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले जानकारी गराएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts