Friday, November 6, 2015

सलमानको नजरमा ऐश्वर्या भन्दा सोनम सुन्दर

सलमान खानको जिवनमा धेरै सुन्दरीले इंट्री लिए । शायद तपाँई सलमानको लेडी लभ लिस्टमा ऐश्वर्या रायलाई नै सबैभन्दा सुन्दर मान्नुहुन्छ । तर, सलमानले ऐश्वर्याभन्दा अरुनै कोही सुन्दर रहेको बताएका छन् । हालै, सलमानले एक अन्तरवार्ताको क्रममा ऐश्वर्या रायभन्दा सोनम कपूर सुन्दर रहेको बताएका हुन् ।

दिल्लीमा आफ्नो फिल्म “प्रेम रतन धन पायो” को प्रमोशनका लागि सलमान खानसँगै रहेकी सोनम कपूरसँग मीडियाले जब यो प्रश्न गरे कि उनको तुलना अब खानसँग पहिल्यै काम गरीसकेकी दिग्गज अभिनेत्री माधुरी दिक्षित र ऐश्वर्या रायसँग भैरहेको छ यसमा तपाँइ के भन्नु हुन्छ ?

तब सोनमले भने, उहाँहरु दुवै उत्कृष्ट हुनुहुन्छ मेरो तुलना उहाँहरुसँग गर्नु गलत हो । किनकी म अनिल कपूरकी छोरी हुँ, त्यसकारण मेरो तुलना धेरै अभिनेत्रीसँग शुरुवातबाटै हुने गरेको छ, तर यो कुराले मलाई हताश बनाउँदैन बरु मलाई अझ बढी मेहनत गर्न प्रेरित गर्छ ।

सोनमले यसरी जवाफ दिँदै गर्दा सलमानले उनलाई बिचैमा रोकी मिडीयालाई भने कि सोनम ऐश्वर्या भन्दा पनि धेरै सुन्दर छिन् । सलमानले सोनमको तारीफ गर्दै भने, मेरो ख्यालमा सोनम पनि त्यतिनै राम्री र क्षमतावान छिन् जति अरु, बरु उनी अरु भन्दा अझ बढी उत्कृष्ट छिन् ।

सलमानले सोनमको तारीफ गर्दै भने, ‘मेरो ख्यालमा सोनम पनि त्यतिनै राम्री र क्षमतावान छिन् जति अरु, बरु उनी अरु भन्दा अझ बढी उत्कृष्ट छिन् । सलमानले अघि भने, म सोनमको सुन्दरताबाट धेरै प्रभावित भएको छु ।’ सुटिङको दौरान पनि उनको कपडामा त्यति ध्यान जाँदैन थियो, आँखाहरु त केवल उनको अनुहारमा अडिएका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts