Friday, November 6, 2015

मिस इन्टरनेशनलको ताज भेनेजुएलाकी इडिमारलाई

काठमाडौं । भेनेजुएलाकी इडिमार मार्टिन्जले मिसन इनटरनेशनल २०१५ को ताज पहिरिएकी छिन् । बिहीबार राति भएको अन्तिम स्पर्धामा उनले ७० देशकी प्रतिस्पर्धीलाई पछि पादैृ उनले ताज जितेकी हुन् । फर्स्ट रनरअप होन्डुरसकी जेनिफर भल्ले र केन्याकी युनिस योन्याङ्गो सेकेन्ड रनरअप भइन्। भियतनामकी फाम होङ थुइभान तेस्रो र अमेरिकाकी लिन्ड्सी बेकर चोथो रनरअप भइन्।

त्यस्तै मिस नेशनल कस्टमको उपाधि जापान, परफेक्ट बडी भेनेजुएला, बेस्ट ड्रेसर फिलिपिन्स, मिस इन्टरनेशनल एसिया कोरिया, युरोपमा पोर्चुगल, अमेरिकामा अरुबा, अफ्रिकामा केन्या र ओसेनियामा हावाइकी प्रतिस्पर्धीले बाजी मारिन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts