Friday, November 6, 2015

राजधानीको सडक फराकिलो पार्ने म हुँ नाम मात्र बाबुराम -टोपबहादुर

काठमाडौं,कातिक २० । प्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले उपत्यकाको सडक विस्तार आयोजना आफूले अघि सारेको र नाम चाँही पूवंप्रधानमन्त्री बाबुराम भट्टराईले लिएको भन्दै असन्तुष्टि जनाएका छन् ।एमाओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार क्रान्तिकारी पत्रकार संघसँगको छलफलमा उनले भौतिक योजना तथा निर्माणमन्त्री हुँदा काठमाडौंको सडक विस्तार गर्ने योजना मैले शुरु गरेको थिएँ । एभरेष्ट होटलको पर्खाल मैले भत्काउन लगाएको थिएँ तर प्रचार भएन् ।’ भन्दै दुखेसो पोखेका हुन् ।

काँगेस नेता नरहरि आचार्य र पद्यमरन्त तुलाधरले सडकमा सुतेर बाटो अभियान रोक्न खोज्दा आफूले उनीहरुलाई फकाएर योजना सफल पारेको दाबी गर्दा नाम चाँही किन बाबुरामको उनको प्रश्न थियो ।

भट्टराइले गरेको भनेर प्रचार गरिए पनि आफुलाइ कुनै गुनासो नभएको पनि उनले बताए । रायमाझीले भने, ‘उँहाको नाममा प्रचार हुँदा मैले गुनासो गरेर पनि भएन्, किनभने म फोन उठाउँदिन कोही पत्रकार साथीलाई यस्तो गरेँ भन्नतिर कहिल्यै ध्यान दिइँन् ।’

वाग्मती, विष्णुमतीको सफाइ अभियान आफैंले शुरु गरेको दावी गर्दै मन्त्री रायमाझीले भने, ‘हेटौंडाको शुरुङमार्ग र मध्यपहाडी राजमार्गको शुरुआत पनि म भौतिक योजना तथा निर्माणमन्त्री भएको बेला शुरु गरेको हुँ, तर खै प्रचार नै छैन ।’
‘बाबुरामजी प्रधानमन्त्री र मेरो पनि नेता भएको हुनाले उहाँले जस लिएकामा गर्व नै छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts