Friday, November 6, 2015

नेपालमाथिको नाकाबन्दी खोल्न भारतीय कम्युनिष्ट पार्टीलेको मोदीलाई चेतावनी

काठमाडौं,कातिक २० । भारतीय जनता पार्टीका नरेन्द्र मोदी नेतृत्वको सरकारलाई भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले नेपालमाथिको नाकाबन्दी खुलाउन दवाव थिएको छ । नेपालमाथि लगाएको अघोषित नाकाबन्दी खोल्न र नेपाललाई धम्क्याउन छोड्न दवाव दिएको हो । भारतीय कम्युनिष्ट पार्टी भाकपाको मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’ले सम्पादकीय नै लेखेर मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालका मधेसी दलहरुलाई सहयोग गरेको बताएको छ ।
उसले लेखेको छ, ‘नरेन्द्र मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालसँगको सुमधुर सम्बन्ध बिगार्ने गरी मधेसीलाई समर्थन गरेका छन्, जो बिहारको सीमा क्षेत्रमा छन् ।’ मोदी सरकारले धम्काउने नीति त्याग्नु पर्ने माग गर्दै विहारको चुनावलाई लिएर भाजपा सरकारले नेपालका मधेशीहरुलाई सहयोग गरेको खुलासा समेत गरिएको छ । मोदीले विहारको चुनावका लागि नेपालमाथि दवाव बढाएको र आफ्नो राजनीतिक दाउमा नेपाललाई समस्यामा पारेको खुलासा कम्युनिष्ट पार्टीको अखबारले गरेको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts