Friday, November 6, 2015

कडा सुरक्षाबीच विशेष विमानबाट छोटा राजनलार्इ भारत ल्याइयो

एजेन्सी,कातिक २० । कडा सुरक्षाबीच छोटा राजनलार्इ विशेष विमानबाट अन्डरवर्ल्ड डन छोटा राजनलार्इ शुक्रबार बिहान इन्डोनेसियाको बालीबाट भारतको राजधानी नयाँ दिल्ली ल्याइएको छ ।दिल्ली ल्याइएलगत्तै उनलाई प्रहरीको ‘स्पेशल सेल’ को जिम्मा लगाइएको छ । उनलाई बिहान करिब पौने छ बजे दिल्लीको पालम एयरपोर्टमा अवतरण गराइएको थियो ।

विभिन्न हत्यामा संलग्न अभियुक्त छोटा राजन बिगत २० बर्षदेखि फरार रहेपनि गत कात्तिक १० गते अस्ट्रेलियाबाट इन्डोनेसियमा जाने क्रममा बाली एयरपोर्टमा पक्राउ परेका थिए । उनी दिल्ली एयरपोर्टमा उत्रनेवित्तिकै धर्तिलार्इ ढोग्दै भावुक भएका थिए ।उनीमाथि मुम्बईमा १७ जनाको हत्या गरेको र लागूऔषध कारोबारमा संलग्न रहेको आरोप लगाइएको छ । भारतीय जाँच ब्युरो रअका जोइन्ट डाइरेक्टर पंकज सक्सेना र डीआईजी राहुल श्रीवास्तवले छोटा राजनलार्इ भेटेर बयान लिने भएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts