नवलपरासी, कातिक २० । उखुको समयमा भुक्तानी नहुने समस्या झेल्दै आएका नवलपरासीका उखु कृषक विकल्पमा तरकारी खेती गर्न थालेका छन् । उद्योग र सरकारले कृषकलाई मल बीउ र प्रविधी उपलब्ध गराउनुको सट्टा उल्टै कृषकको उत्पादनको मूल्यसमेत नदिँदा विकल्प खोज्नुपर्ने अवस्था आएको कृषकको भनाई छ ।
चिनी उद्योगलाई बिनापैसा याममा उखु दिए पनि मूल्य तोकिएर पैसा नपाउँदा कृषकलाई उखु खेतीप्रति नै वितृष्णा जागेको हो । सरकारले चिनी भारतबाट ल्याउने तर कृषकलाई प्रोत्साहन गर्ने काम नगर्दा यसले अर्थतन्त्रलाई समेत असर पुर्याएको छ ।
No comments:
Post a Comment