Tuesday, November 17, 2015

चीनबाट एकतिहाइ इन्धन ल्याउने पक्का

काठमाडौं,मंसिर २ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको पहलमा मुलुकको कुल खपतको करिब एकतिहाइ इन्धन चीनबाट दीर्घकालसम्म आउने पक्का भएको छ । स्रोतका अनुसार मन्त्री पुनले सोमबार चिनियाँ अधिकारीसँग भेटेर दीर्घकालसम्म एकतिहाइ इन्धन खरिद गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

मन्त्री पुन प्रधानमन्त्री ओलीको पत्र बोकेर चीन गएका थिए । नेपाललाई तेल बेच्न तयार चीनले नेपाल सरकारबाट दीर्घकालसम्म तेल किन्ने प्रतिबद्दता खोजेको थियो । मन्त्री पुन चीन पुगेर दीर्घकालसम्म नै एक तिहाइ इन्धन खरिद गर्ने प्रतिबद्दता जनाएपछि चिनियाँ सरकारले सोमबार नै आयल निगमलाई इमेलमार्फत इन्धन खरिद सम्झौता गर्न बेइजिङ बोलाएको छ । चीनले हप्ता दिनभित्रै नेपाललाई इन्धन निर्यात गर्ने प्रतिबद्दता जनाएको स्रोतको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts