Tuesday, November 17, 2015

नेपालले पारबहनको सुविधा पाउनु पर्छ,भारतको कदम गलत हो :सिटौला

ललितपुर,मंसिर १ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरुप नेपालले पारबहन सुविधा पाउनुपर्ने बताएका छन् । काँग्रेस वज्रबाराही नगर समन्वय समितिद्वारा आज छठ पर्वका अवसरमा गरिएको शुभकामना एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले नेपालमा गरेको नाकाबन्दी गलत भएको बताए।

उनले भूपरिवेष्टित मुलुकले पाउनुपर्ने पारवहन सुविधालाई कहीँकतैबाट रोक्न नमिल्ने बताउँदै भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी छिट्टै खुल्ने विश्वास व्यक्त गरे । उनले मधेस केन्द्रित राजनीतिक दलले आफ्नो माग संसदबाटै लिनुपर्नेमा संविधानसभा छाडेर सडक आन्दोलनमा जानु गल्ती गरेको बताए । काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य कवेलबहादुर लामाले इन्धन अभावका कारण जनताले सास्ती व्यहोर्नु परेकाले समाधानका लागि सबै राजनीतिक दल एक भएर अघि बढ्नुपर्ने बताए । सांसद एवम् काँग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले पार्टीका कार्यकर्ता संवेदनशील भएर समाजको सेवा गर्नुपर्नेमा जोड दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts