Tuesday, November 17, 2015

ग्याँस खोज्न नसक्ने पतिको रिस फेर्न सिलिण्डरसहित श्रीमती पोइल हिडेपछि..

काठमाडौं,मंसिर २ । खाना पकाउने ग्याँसको अभावमा नेपालीको घरमा चुलो नबलेको खबरसँगै अनेकौँ मिठा–नमिठा घटना जन्मिन थालेका छन् । ‘जाबो सिलिण्डर’ खोज्न नसक्ने पतिका रिस फेर्न पत्नि खाली सिलन्डर र तीन महिनाको गर्भसहित अर्कोसँग हिडेकी छिन् । इनधन वितरणमा धक्काधक्की नचलोस् भनेर सुरक्षामा तैनाथ प्रहरीलाई रुनु न हाँस्नु बनाउँदै बालुजुकी सोममायाँ तामाङ ग्याँसको लाइनबाटै कात्तिक १८ गते अर्को झिल्केसँग हिडिन् ।

‘बज्याले स्वास्नी त लग्यो–लग्यो, ग्याँसको खाली सिलिण्डर चाँहि किन लानुपरेको ? त्यो सिलिन्डर लगुन्जेल प्रहरी किन हेरेर बसेको ?’ बालाजु प्रहरी बृतमा सोममायाँकी पति दाबी गर्ने एकजना तन्नेरी होहल्ला गर्न पुगे । बिचरा प्रहरीसँग के उपाय होस् र, सिलिन्डर सहित हिँडेकी अर्काकी पत्नि उभ्याइदिने ।

होटल चलाएर गुजारा गर्ने दम्पति ग्यास अभाव हुनु अघिसम्म एकदमै मिल्थे । प्रहरीकोमा उजुरी गर्न पुग्दा सोममायाँकी श्रीमान भन्दै थिए, ‘एक दिन एउटा ट्याक्सी ड्राइभरले हाफ् सिलिन्डर ग्याँस ल्याइदिएपछि त्यसैलाई पुजा गरौँलाझैं गर्थी, अन्तिममा त त्यहिसँगको पो हिँडिछ ।’ पति भन्छन्, ‘पत्नि चाहिएन, सिलिण्डर फर्कादिए हुन्थ्यो ।’ उनी पत्नि लैजाने झिल्केलाई सराप्छन्, ‘तीन महिनाको गर्भवति पनि नभन्ने कस्तो पापी रै’छ बज्या ।’ प्रहरीले न उनको पत्नि खोजिदिन सक्यो न सिलिण्डर नै । जनआस्था साप्ताहिकमा खबर छ |

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts