Tuesday, November 17, 2015

नेपाल प्रहरीको सरुवा सूचीमा ‘शाही पाश्र्ववर्ती राजदरबार’

काठमाडौं,मंसिर २ । नेपाल प्रहरीले एकैपटक ६ सय ५८ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ। लामो समयदेखि रोकिएको प्रहरी निरीक्षकको सरुवा अहिले गरिएको हो। नेपाल प्रहरीले सरुवा गरेको सूचीमा अहिले पनि ‘शाही पाश्र्ववर्ती राजदरबार’ भनेर उल्लेख गरेको छ।

नेपालबाट राजसंस्थाको विधिवत् अन्त्य भएको ९ वर्ष पछिसम्म पनि नेपाल प्रहरीले आफ्नो सरुवामा प्रहरी निरीक्षक ऋषिराज ढकाललाई ‘शाही पाश्र्ववती राजदरबार’मा सरुवा गरेको उल्लेख गरेको छ।

यसअघि सो शाखामा प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ कार्यरत रहेको र उनको सरुवा भएपछि ढकाललाई सरुवा गरेको उल्लेख छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नारायणहिटी राजदरबारलाई राष्ट्रिय संग्रहालयमा परिणत गरेको भए पनि अहिले आएर नेपाल प्रहरीले ढकालको सरुवा राजदरबारमा भएको उल्लेख गरेको नेपाल समाचार पत्र दैनिकमा खबर छ।
राजसंस्थाका सबै अवशेषको अन्त्य भइसक्दा पनि नेपाल प्रहरीले भने शाही पाश्र्ववती राजदरबार भनेर सरुवा गरेको र उक्त राजदरबार कहाँ छ भन्ने उल्लेख गरेको छैन। नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाले निकालेको सरुवा लिस्टमा ढकालको नाम १२ नम्बरमा रहेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts