Friday, November 6, 2015

भारतको विरुद्ध राष्ट्रसंघमा अभिमत पुर्‍याउने जमर्को

काठमाडौं,कातिक २१ । भारतीय नाकाबन्दीले पारेको चरम मानवीय संकटलाई अन्तर्राष्ट्रियकरण एक लाख हस्ताक्षर संकलन गरेर संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई बुझाइने भएको छ । शनिबार रत्नपार्कको शान्तिबाटिका, चावहिल, बालाजु, नयाँ बानेश्वर, कोटेश्वर र कलंकीका चोकहरुमा सनिबार बिहानैदेखि हस्ताक्षर अभियान सुरु हुनेछ । वैदेशिक रोजगारीका लागि गएको खाडी मुलुकबाट दसैं मनाउन घर आएका एक नेपाली युवाको आह्वानमा यो अभियान सम्पन्न हुन लागेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

‘घरमा आउँदा ग्यासका सिलिण्डर र गाडीहरुको लाम देखेपछि मन धरधर्ति रोयो’ लमजुङमा जन्मे हुर्केर धापासी सरेका सन्तोष बाबु लोहनीले भने, ‘म एक नादानले गर्न त के नै सक्थेँ र ? तर पनि टुलटुल्ती हेरेर बस्न सकिन । अनि भारतको यो अत्याचारका विरुद्ध राष्ट्रसंघमा नागरिकको अभिमत पुर्‍याउने जमर्को गरेको हुँ ।’

तीन वर्षदेखि युएयीमा रेष्टुरेन्ट चलाउँदै आएका लोहनी अभियानमा साथ दिन हजारौं उभिएपछि जोस्सिएका पनि छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts