नयाँदिल्ली – हरियाणको हिसारास्थित भारतीय धर्मगुरु रामपालको आश्रमबाट पक्राउ गरेर स्थानीय जेलमा राखिएका नेपालीमध्ये ७ जनालाई भारतीय पहिचान जोडेर राज्यद्रोहको मुद्दा चलाइएको छ । गत वर्ष कात्तिक २८ (२०१४, नोभेम्बर १४) मा हिसार, चण्डीगड रोडस्थित सतलोक आश्रमबाट रामपालसहित उनका निजी सुरक्षाकर्मी, सहयोगी र भक्तजन गरी ९ सय ३५ जना पक्राउ परेकामा न्यायिक हिरासत तथा अनुसन्धानको क्रम टुंगिएपछि झन्डै २ सयलाई राज्यद्रोहको मुद्दा लगाइएको हो ।
‘यीमध्ये सात नेपालीलाई भारतीय नागरिकका रुपमा पहिचान स्थापित गराएर राज्यद्रोह मुद्दा चलाइएको जानकारी आएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
No comments:
Post a Comment