Friday, November 6, 2015

जागिरको प्रलोभनमा बलात्कार

काठमाडौं,कातिक २१ । जागिरको प्रलोभन देखाएर युवतीको बलात्कार गरेको अभियोगमा नुवाकोटका सुविन गिरी पक्राउ परेका छन् । एक युवतीलाई जागिर लगाइदिने भन्दै उनले गत २ कात्तिकमा गोंगबुको होटेलमा पुर्याई बलात्कार गरेको प्रहरीले दाबी गरेको छ । खाजा खाएर जागिरको कुरा गर्ने भन्दै उनले युवतीलाई गेस्ट हाउसमा पुर्याएर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

घटनाको भोलिपल्टै पीडित युवतीले उजुरी दिएको भए पनि प्रहरीले गिरीलाई सोमबार मात्र पक्राउ गर्न सफल भएको छ । सामान्य चिनजान भएकी युवतीलाई गिरीले आफूले धेरै मान्छे चिनेको भन्दै जागिर लगाइदिने आश्वासन दिई फकाई होटलमा लगेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts