मेलबर्न । नेपालमाथि अघोषित रुपमा नाकाबन्दी गरेको भारतबिरुद्ध प्रवासमा रहेका नेपालीहरुले बिरोध प्रदर्शन गर्ने क्रममा अस्ट्रेलियामा पनि व्यापक बिरोध प्रदर्शन गरिने भएको छ । एनआरएन अस्ट्रेलियाको अगुवाईमा यहाँ रहेको संयुक्त रास्ट्र संघको नियोग, एम्नेस्टी इन्टरनेसनल, रेडक्रस कार्यालय सहित भारतीय दूतावासमा बिरोध पत्र र उनिहरुका भवन अगाडी प्रदर्शन गरिने भएको छ ।
भारतले नेपाल बिरुद्ध गरेको अमानबिय अघोषित नाकाबन्दी गरिरहँदा विश्व समुदाय मौन रहेको भन्दै उनिहरुलाई गम्भिर बन्न र भारतमाथि दवाव दिन विभिन्न चरणका बिरोध कार्यक्रमहरु तय गरिएको एनआरएन अस्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।
यस्तो छ बिरोध कार्यक्रमको तालिका
प्रेस विज्ञप्ति
भारतले नेपाल बिरुद्ध गरेको अघोषित नाकाबन्दीको बिरोधमा एनआरएनए –अस्ट्रेलियाले विभिन्न चरणका बिरोध कार्यक्रमहरु तय गरेको छ ”
१. पहिलो चरणमा भारतले नेपाल बिरुद्ध गरेको अमानविय अघोषित आर्थिक नाकाबन्दीको बिरोध गर्न एनआरएनए( अस्ट्रेलियाले अस्ट्रेलियामा रहेका सबै नेपाली समुदायसंग समन्वय गर्दै अस्ट्रेलियाको सबै स्टेटहरुमा यहि नोभेम्बर २० तारिक सांझ ५ बजे शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ Ι
२. सिड्नीको मार्टिन प्लेसमा यहि नोभेम्बर २० तारिक शुक्रबार सांझ ५ बजे शान्ति पूर्ण बिरोध प्रदर्शनमा सहभागी हुन एनआरएनए( अस्ट्रेलियाले न्यु साउथ वेल्स राज्यमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्दछ Ι
यहि नोभेम्बर २० तारिक शुक्रबार सांझ ५ बजे गरिने पहिलो चरणको शान्ति पूर्ण बिरोध प्रदर्शनको लागि अन्य स्टेटहरुको स्थानीय प्रशासनलाइ सुचित गरेर अनुमति चाडै लिने र अनुमति लिएपछि प्रत्येक स्टेटहरुमा प्रदर्शन गरिने स्थान तय गरेर सामाजिक संजाल तथा मिडिया मार्फत सम्बन्धित सबैलाई पुनस् सुचित गरिने छ Ι
अस्ट्रेलियाको सबै राज्यमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई उक्त मितिमा आफ्नो आफ्नो स्टेटका एनआरएनए(अस्ट्रेलियाले आयोजना गर्ने बिरोध प्रदर्शन कार्यक्रममा सहभागी हुन र आफुले चिनेका साथी भाइहरुलाई सहभागी गराउन पहल गर्न अनुरोध गर्दछ Ι
३. पहिलो चरणको बिरोध प्रदर्शन पछी दोस्रो चरणको कार्यक्रममा भारतीय राजदुतावास लगायत सम्बन्धित अन्य कुटनैतिक नियोग र निकायहरुमा बिरोध पत्र बुझाई सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ Ι
४. भारतले नेपाल बिरुद्ध गरेको अघोषित नाकाबन्दीको बिरोध प्रदर्शनको तयारीको सिलसिलामा अहिले देखि नै प्रत्येक स्टेटको एससिसिले आफ्नो स्टेटमा भएका सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग बृहत छलफल गरि एनआरएनको अगुवाइमा बुझाउन लागेको बिरोध पत्रमा सबै स्टेटको नेपाली संघसंस्थाको प्रतिनिधिको हस्ताक्षर संकलन गर्ने निर्णय भएको छ Ι
५. भारतले नेपाल बिरुद्ध गरेको अघोषित नाकाबन्दीको बिरोध गर्दै सबै स्टेटमा भारतीय राजदुताबास, क्यानबेरा लगायत सम्पूर्ण स्टेटमा रहेका भारतीय महाबाणीज्यदुताबासको कार्यालयमा बिरोध पत्र बुझाउने Ι
६. अस्ट्रेलियन सरकारको विदेश मन्त्रालय र अस्ट्रेलियाको विभिन्न राजनैतिक संस्थाहरुलाई भारतले नेपाल बिरुद्ध गरेको अमानबिय अघोषित नाकाबन्दीको जानकारी दिदै ध्यानाकार्षण पत्र बुझाउने Ι
७. अस्ट्रेलिया स्थित संयुक्त रास्ट्र संघको नियोग, एम्नेस्टी इन्टरनेसनल, रेडक्रस लगायतका विभिन्न संस्थाहरुलाई भारतले नेपाल बिरुद्ध गरेको अमानबिय अघोषित नाकाबन्दीको जानकारी दिदै ध्यानाकार्षण पत्र बुझाउने
८. अस्ट्रेलियाका विभिन्न देशका संघ सस्थाहरुलाई यस अमानविय अघोसित नाकाबन्दि र त्यसले पारेको कष्टकर दैनिकीको जानकारी दिदै आ-आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न अनुरोध गर्ने
डा. ज्ञानेन्द्र रेग्मी
प्रवक्ता
एनआरएनए – अस्ट्रेलिया
No comments:
Post a Comment