Monday, November 16, 2015

पपुवा न्युगिनीसँग नेपाल २ विकेटले पराजित

काठमाडौं,कातिक ३० । आइसिसी विश्व क्रिकेट लिग च्यापियनसिपमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भएको छ । विश्व क्रिकेट लिगमा नेपालले तेश्रो हार व्यहोरदै अंक विहिन बनेको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीस्थित शेख जायद स्टेडियममा जितका लागि पाएको २ सय ३३ रनको लक्ष्य पपुवा न्युगिनीले खेल सकिन ३ बल बाँकी छँदै भेट्टायो । पपुवा न्युगिनीका असाद भालाले ८७ रन बनाए । नेपालका पारस खड्का र मेहबुब आलमले समान २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । नेपालका लागि शरद भेष्वाकरले ८२ बल खेल्दै ५ चौकाको मद्दतले ७८ रन बनाए । ओपनर अनिल मण्डल पहिलो बलमै आउट भए भने अर्का ओपनर सुवास खकुरेलले १ सय ४ बल खेल्दै ६३ रन बनाएका छन् । ज्ञानेन्द्र मल्लले २३ रन बनाए । वसन्त रेग्मीले नटआउट रहेर २३ बल खेल्दै २४ रन बनाए ।
पपुवा न्यु गिनीका लागि भालाले तीन, डाइले दुई र भानुवा, सोपर र रेभाले १–१ विकेट लिए ।
नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले एक अर्काबिच २९२ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणामा स्कटल्याण्डसँग खेलेका दुवै खेल हारेको नेपालले यो प्रतियोगिताको तेश्रो खेल पपुवा न्युगिनीसँग नै खेल्नेछ । दोस्रो खेल बुधबार युएईमा नै हुनेछ । शीर्ष स्थानमा रहेको केन्या, स्कटल्याण्ड र नेदरल्याण्ड्सको समान ४ खेलबाट ६ अंक छ । पुछारमा रहेको नेपालले भने ३ खेल खेलिसक्दा पनि कुनै अंक जोड्न सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts