काठमाडौं,कातिक १८ । धुन्चेमा भएको दुर्घटनामा परेका शिवप्रसाद अाचार्यले अाफूले हामफालेर ज्यान जोगाएको बताएका छन् । अन्नपूर्ण पोस्टसँगको कुराकानीमा उनले भगवानले बचाएको र अाफूले दोस्रो जुनी पाएको बताएका छन् । उनले भने-बिहान खाना आएर धुन्चे जान बाटोमा बस कुरेर बसेको थिएँ। धुन्चेमा रहेको नेपाल बंगलादेश बैंकमा सेयरका लागि जाने तरखरमा थिएँ।
झन्डै दुई घन्टा कुरेर बसेपछि बस आयो। तर यात्रु खचाखच थिए। खाली गाडी पर्खनु समयको मात्र बर्बादी हुने ठानेर सोही बस चढें।
मलाई जसरी पनि धुन्चे जानु नै थियो, बसको छतमा बसें। बस कालिकास्थानमा गएर प्रहरी तथा सेनाको पोस्टमा इन्ट्री भयो। केहीबेर घुम्ती बजारमा रोकियो। त्यहा केही यात्रु झरे, कोही फेरि चढे।
बस राम्चेको पहिरो कटेर सानो बस्ती हुँदै अगाडि बढिरहेको थियो। खाल्डाखुल्डी पार गर्दै थियो । अचानक गाडीमा केही आवाज आएजस्तो भयो, बस अनियन्त्रित भयो। बस त सोझै भीरतर्फ खस्न लाग्यो।
मैले एक सेकेन्डमै निर्णय गरेँ-बरु हातखुट्टा भाँच्चियोस्, ज्यान जोगाउँछु। बस खस्दै गर्दा कच्ची सडकतर्फको पहाडमा हामफालें। मसँगै अरू पनि उफ्रिए।
खुट्टामा चोट लागेको छ।
अरू पनि ६ जनाले हामफालेर ज्यान जोगाए। अहिले ती कहाँ छन् थाहा छैन। मलाई भगवान्ले हात थापिदिए, म बाँचें। सुन्छु धेरैले भीरमा बससँगै खसेर ज्यान गुमाएका छन् रे ! मलाई दोस्रो जुनी पाएजस्तै लागेको छ।
Tuesday, November 3, 2015
दुर्घटनामा परेका शिवप्रसाद भन्छन्-हामफालेर ज्यान जोगाएँ
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment