Tuesday, November 3, 2015

मधेसी मोर्चाका नेतामाथि भारतीयद्वारा हातपात

वीरगन्ज,कातिक १८ । रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेता कार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन् । ३०–४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन् ।

मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका स्थानीय बासिन्दा आक्रोसित भएका हुन् । नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयले धर्ना बसेका मोर्चाका नेता कार्यकर्तालाई गाली गलौज गर्नुका साथै दुव्र्यबहार गरेको बताए । उनले भने,‘उनीहरुले हातपात त गरेनन, तर जथाभावी बोल्दै गालीगलौज गरे ।’ धर्नामा बसेका मोर्चाका एक नेताले भने भारतीयहरुले अपशव्द बोल्दै केही नेतालाई हातपात गरेको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts