काठमाडौं,कातिक १८ । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विद्युत् प्राधिकरणसँग सुविधासम्पन्न गाडी मागिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी उपलब्ध गराउन ऊर्जा मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने प्राधिकरणले निर्माण गरिरहेको भरतपुर–हैटौँडा प्रसारण लाइनको बा.१३च ९७१३ नम्बरको टोयोटा ल्यान्ड क्रुजर गाडी लगेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । प्राधिकरणले आयोजनाका लागि करिब दुई करोड रुपैयाँमा त्यो गाडी किनेको थियो ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा ऊर्जा मन्त्रालयले १५ कात्तिकमा प्राधिकरणलाई पत्राचार गरेर प्रधानमन्त्रीलाई सुविधासम्पन्न गाडी उपलब्ध गराउन भनेको छ । मन्त्रालयको पत्रमा भनिएको छ, ‘सम्मानीय प्रधानमन्त्रीले चढ्ने गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट माग भएकाले एक थान सुविधासम्पन्न गाडी उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’
प्राधिकरणले ऊर्जामन्त्रीलाई दिएकैजस्तो भरतपुर–हैटौँडा प्रसारण लाइनका लागि नै किनिएको गाडी प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी गरेको छ । ‘प्रधानमन्त्रीका लागि ऊर्जा मन्त्रालयबाट गाडी माग भएकाले ऊर्जामन्त्रीलाई नै उपलब्ध गराएजस्तो गाडी दिने तयारी भइरहेको छ,’ प्राधिकरण स्रोतले भन्यो । प्राधिकरणले प्रसारण लाइन आयोजनाका लागि सुविधासम्पन्न दुईवटा टोयोटा ल्यान्ड क्रुजर गाडी किनेको थियो ।
खुट्टामा चोट लागेको छ।
अरू पनि ६ जनाले हामफालेर ज्यान जोगाए। अहिले ती कहाँ छन् थाहा छैन। मलाई भगवान्ले हात थापिदिए, म बाँचें। सुन्छु धेरैले भीरमा बससँगै खसेर ज्यान गुमाएका छन् रे ! मलाई दोस्रो जुनी पाएजस्तै लागेको छ।
No comments:
Post a Comment