Thursday, November 5, 2015

भारतले सीमा नाकामा ग्यास बुलेट रोक्यो,अब आधा सिलिन्डर पनि नपाइने

काठमाडौं,कातिक १९ । सीमा नाकाको अवरोध सहज बनाउने आश्वासन दिएको भारतले सीमानाकाहरुमा झन् कडाइ गरेको छ । भारतिय पक्षका कारण नेपाल आउने क्रममा रहेका ग्यास बुलेटहरु नाकामा अलपत्र अवस्थामा रोकिएका छन् । सुनौलीमा १८, रुपैडियामा २१ र जोगबनी नाकामा १६ बुलटे ग्यास रोकिएका छन् भने वीरगञ्जमा २ सय ८ बुलेट ग्यास अलपत्र अवस्थामा रोकिएका छन् । यसको कारण आधा सिलिण्डर ग्यास वितरण गर्ने सकारको निर्णय पनि प्रभावित हुने भएको छ ।

निगमले रक्सौलमा रोकिएका मध्ये ५८ वटा ग्यास बुलेट रि-रुटिङ गरी काठमाडौं ल्याउने क्रम जारी रहेको समयमा नाकाहरु ठप्प भएका हुन् । सर्वसाधारण जनताको लागि सहज बनाउन सरकारले कहि दिन देखि आधा सिलिण्डर ग्याँस वितरण गर्दै आएको थियो । केही दिनअघि आएका बुलेटका ग्यास भरेर आजसम्म बजारमा ल्याईँदैछ’ अब यी नाकाहरुमा अझै अडाई कडाई भयो भने तत्काल ग्यास वितरण स्वतः बन्द हुने अवस्था छ ।’निगमका ग्यास वितरण विभाग प्रमुख मुकुन्द घिमिरेले भने

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts