Thursday, November 5, 2015

४ हेलिकप्टर र ८ जहाज किन्ने निगमको तयारी

काठमाडौं,कातिक २० । नेपाल वायुसेवा निगमले ३५ वर्षपछि फेरि हेलिकप्टर खरिद गर्ने भएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार ४ हेलिकप्टर र ८ नयाँ जहाज खरिद प्रक्रिया थालेको छ ।

१ महिनाभित्र औपचारिक प्रस्ताव अघि बढाउन समितिले व्यवस्थापनलाई निर्देशन पनि दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष दिनेश थपलियाको अध्यक्षतामा बसेको बैठकले ४ हेलिकप्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि २ वाइड र २ न्यारो बडी जहाज खरिदको प्रस्ताव ल्याउन निर्देशन दिएको हो । आन्तरिक उडानका लागि हाल रहेका ट्विनअटर वा त्यस्तै खालका ४ अन्य विमान पनि किन्ने निर्णयमा निगम पुगेको आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts