Wednesday, November 25, 2015

‘मुलुकलाई सैनिकीकरणतर्फ धकेल्ने प्रयास’

काठमाडौं,मंसिर १० । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार भारतसंगको सम्वन्ध थप विगारेर मुलुकलाई सैनिकीकरणतर्फ धकेल्ने प्रयास गरेको निष्कर्षमा पुग्न थालेको छ । ‘सत्तापक्ष पनि प्याकेजमा समाधान गर्नुपर्छ भन्ने र आन्दोलनरत मधेशी मोर्चा पनि प्याकेज नै खोज्ने । तर, प्याकेजमा समाधान दिने खालको प्रस्ताव नल्याउने, यो भित्र के रहस्य छ ? बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेकाे कां‌ग्रेस पदाधिकारी बैठक पछि प्रवक्ता दिलेन्द्र बडुले भने ,’रक्षा मन्त्रालयको नेतृत्व लिएका मन्त्रीले सेना परिचालन हुन्छ भनेर बोल्दै हिड्नु र वातवरण थप विगार्दे जानुले आशंका बढाएको छ ।’कान्तिपुर दैनिकमा समाचार छ ।

तराई मधेशको समस्या समाधान गर्न केही दिनदेखि सत्तापक्ष संग भएका वार्ता र छलफलपछि बुधबार बसेको पदाधिकारी बैठकमा भारतसंगको सम्वन्ध विग्रदै जादा समस्या समाधानतर्फ भन्दा संकट बढै गएको ठम्याई नेताहरुको थियो । सरकारको ‘रवैया’ कै कारण समस्या समाधान गर्न प्रमुख दलहरुबीच साझा धारणा बन्न नसकेको भनाई कांग्रेस प्रवक्ता बडुले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts