Wednesday, November 25, 2015

चीनबाट तेल ल्याउने हल्ला मात्रै बढी, अझै भएन पहल

काठमाडौं,मंसिर  १० । गत बिहीबार आपूर्तिमन्त्री गणेशमान पुनले पत्रकार सम्मेलन गरी तिहारको समयमा आफू चीन गएको बताएका थिए । उनले त्यहाँ राजनीतिक नेतृत्व र सरकारी ‘बडी’सँग संवाद गरेको दाबी गरेका छन् । तर, उनले वाणिज्य अथवा अन्य कुनै मन्त्रालयका मन्त्री वा अधिकारी कसलाई भेटेका हुन् भन्ने जानकारी गराएका छैनन् ।

देश अभूतपूर्व संकटमा भएको वेला जनताको प्रतिनिधित्व गरेर गएका मन्त्रीले कसलाई भेटे र के संवाद भयो भन्ने यकिन हुन सकेको छैन । चीनसँग व्यापारिक हिसाबले इन्धन खरिदका लागि सम्झौता गर्न आयल निगमको टोली शुक्रबार नै बेइजिङ जाने भनिएको थियो, तर मिति सारेर सो टोली सोमबार मात्रै चीन पुगेको छ । तर, अहिलेसम्म सम्झौता गर्ने विषयमा प्रगति भएको छैन ।

सरकारले आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराललाई चीनबाट इन्धन ल्याउनूपूर्व प्राविधिक अध्ययन गर्न भन्दै चीन पठाएको छ । उनीहरूले तेल ल्याउने भनिएको चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)का अधिकारीलाई भेट गरेको र सकारात्मक कुरा भएको जानकारी निगमका अधिकारीलाई गराएका छन् ।

११ कात्तिकमा दुई देशका सरकारको पहलमा सिएनपिसी र आयल निगमबीच इन्धन खरिद–बिक्री गर्ने समझदारी भइसकेको छ । तर, इन्धन संकट गहिरिएर सर्वसाधारणको दैनिकी अस्तव्यस्त भइरहँदा र समझदारी भएको महिना दिन बित्न लाग्दासमेत सरकारले सम्झौताका लागि प्रभावकारी पहल गर्न सकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts