काठमाडौं,मंसिर ९ । केपी शर्मा ओलीलाई एमालेको अध्यक्षदेखि प्रधानमन्त्री बनाउनसम्म निकै महत्वपूर्ण भूमिका खेलेका एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई अंग्रेजी बोल्न नजान्दा दोभासे राख्न परेको छ । । अर्थ मन्त्रालयले विदेशी दाताहरुसँग गरेको अन्तक्रिया कार्यक्रममा उनले विदेशीसँग कुरा गर्न दोभासेको प्रयोग गर्नु परेको हो । कार्यक्रममा विदेशी दातृ निकायका तीन दर्जन प्रतिनिधि उपस्थित रहेका थिए ।
कार्यक्रम चाँहि मंगलबार उनले जारी गरेको श्वेतपत्रका बारेमा दाताहरुलाई जानकारी गराउनु पर्ने थियो । त्यहाँ उनको अंग्रेजीले फेल खाएपछि नेपालकै वेइज्जत भएको छ । दात उपस्थित कार्यक्रमको सुरुवात अर्थसचिव लोकदर्शन रेग्मीले भने उनले अंग्रेजी भाषामै श्वेतपत्रका बारेमा दाताहरुलाई जानकारी गराए ।
त्यसपछि राष्ट्र बैंकका डेपुटी गभर्नर बोले । उनले पनि अंग्रेजीमै आफ्ना धारणा राखे । अनि योजना आयोगका उपाध्यक्ष डा। युवराज खतिवडाले पनि करिब तीन पृष्ट लामो लिखित वक्तव्य अंग्रेजीमै प्रस्तुत गरे ।त्यसपछि बोल्नुपर्ने पालो अर्थमन्त्री पौडेलको थियो । त्यसपछि त्यहाँको वातावरण नै हाँस्यमयो बन्यो । देशका अर्थमन्त्रीले नेपाली भाषामै दाताहरुलाई सम्वोधन गरे । उनको सम्वोधनको अंग्रेजीमा उल्था अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनीले गरे ।
त्यो अनौठो दृष्यले केही चकित बनेका दाताहरुलाई मन्त्री पौडेलको शैक्षिक योग्यता बारे जानकारी थिएन । उनीहरुले सायद राष्ट्रभाषाको सम्मान गरेको ठाने होलान् । दाताहरु सबैले अंग्रेजीमै मन्तव्य राखे । पछि दाताहरुको उत्तर दिन पनि पौडेललाई योजना आयोगका उपाध्यक्ष खतिवडाले नै सहयोग गर्नुपर्ने भयो ।
कार्यक्रम सकियो । चियापान कार्यक्रम शुरु भयो । त्यतिबेलासम्म मन्त्री पौडेल सकेसम्म दाताको नजिक नपर्न पाए हुन्थ्यो भन्नेमै थिए ।
तर उनी दाताको पञ्जामा परे । ‘कंग्र्याचुलेसन, फाइनान्स मिनिस्टर’, ‘हाउ आर यू मिनिस्टर’ भन्दा मन्त्री चित खाए । अर्थात उनले भेउ पाएनन् । त्यो अपतबाट पनि खतिवडा र मरासिनीले नै बचाए । उनको त्यो लाजमर्दो दृष्यबाट दाता मात्र होइन अन्य उपस्थित पनि चकित भए ।
No comments:
Post a Comment