काठमाडौं,मंसिर ५ । तराई मधेसमा आन्दोलन गर्दै आएको मधेसी मोर्चाले नयाँ संघर्षको कार्यक्रमहरु सार्वजनिक गरेको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बिजुलीबजारमा सम्पन्न बैठकले २० दिने आन्दोलनका कार्यक्रमहरु तय गरेको हो । आन्दोलनको नयाँ तालिका अनुसार जनजाति पार्टीहरुसाग मिलेर काठमाडौंमा पनि जनप्रदर्शन गर्ने भएको छ । संघीय गठवन्धनको बैठकले मंसिर २७ गते काठमाडौंमा जनप्रदर्शनज तथा सभा गर्ने निर्णय गरेको छ ।
तराईरमधेश, राजधानी र पूर्वपश्चिम राजमार्ग केन्द्रीत गरी देशब्यापी रुपमा संयुक्त जन आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ । मधेसी मोर्चा र जनजाति दलहरुको संयुक्त आन्दोलन ७ गतेबाट सुरु हुनेछ । मधेस आन्दोलनको १०० औं दिन पुगेको अबसरमा उनीहरुले माइतीघर मण्डलामा श्रद्धान्जली सभा गर्नेछन् ।
त्यसपछि उसले राजमार्ग केन्द्रीत जनप्रदर्शन र सभा गर्नेछ । ११ गते इटहरी, १३ गते बिराटनगर, १६ गते लालबन्दी, १७ गते ढल्केबर, १९ गते निजगढ, २० गते नवलपरासी, २१ गते बुटबल, २२ गते दाङ र २४ गते कैलालीको अत्तरियामा सभा हुनेछ ।
No comments:
Post a Comment