बर्लिन, मंसिर ३
भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको विरोधमा जर्मनीमा बस्ने नेपाली समुदायले विरोध जनाएका छन। अघोषित नाकावन्दीकोविरोधमा नेपाली जनसमुदायले आज बर्लिनस्थित भारतीय राजदुतावास अघी प्रर्दशन गरेका हुन। गैह्र आवासीय नेपाली संघ जर्मनीकोसंयोजकत्वमा आयोजना गरिएको विरोध कार्यक्रममा, जर्मनीका विभिन्न शहरबाट सय भन्दा बढी नेपालीहरुले र केही जर्मन नागरिकलेपनि सहभागीता जनाएका थिए । कार्यक्रममा गैह आवासीय नेपाली संघ जर्मनी र अन्य उपस्थित सबै द्वारा हस्ताक्षरित विरोध पत्रभारतीय दुताबासलाई हस्तान्तरण गरिएको थियो । पर्दशनकारीहरुले मोदी स्टप इलिगल बल्केज इन नेपाल, नेइवर हेल्प नट हर्ट, मोदीइज अगेनिष्ट अफ ह्युमन राइट्स, डोइङ बल्केज इन नेपाल जस्ता नाका वन्दीको विरोधमा लेखिएका प्लेकार्डहरु सहित प्रदर्शन गरेकाथिए। प्रर्दशनकारीहरुले अघोषित नाकावन्दी तत्काल फिर्ता गरिनुपर्ने र नेपाल र भारतबिच मित्रतापुर्ण सम्बन्ध कायम गरिनुपर्ने मागराख्दै नारावाजी गरेका थिए ।
विरोध कार्यक्रममा गैह आवासीय नेपाली संघका प्रमुख संरक्षक जिवा लामिछाने, संरक्षक दिल बहादुर गुरुग, आइसिसीका उपाध्य कुमारपन्त, सल्लाहकार पुष्प थापा, नेपाली जनसम्पर्क समितीका सभापति विजय मोत्तान, विद्यार्थीका तर्फबाट विजय गिरी लगायतले विरोधमन्तव्य राखेका थिए। यस्तै विरोध सभामा ऐक्यवद्धता जाहेर गर्दै जर्मनहरुको तर्फबाट डा० मेल्मा मोरले आफ्नो भनाई राखेका थियीन ।
विरोध सभाको सञ्चालन गैह आवासीय नेपाली संघका अध्यक्ष नवराज रोस्याराले गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा एनआरएनएलसिसी बर्लिनका संयोजक राजेश सुनारले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
No comments:
Post a Comment