Thursday, November 19, 2015

२४ घण्टा नबित्दै आफ्नो प्रतिवद्धताविरुद्ध मधेशीमोर्चा,औषधि बोकेको ट्रकमा आगो लगाए

काठमाडौ,मंसिर ४ । मधेशीमोर्चाका कार्यकर्ताले औषधी बोकेको गाडीमा आगजनी गरेका छन् । नाकाबन्दीका कारण मानवीय सङ्कट आउन नदिने भन्दै मोर्चाले औषधिलगायत अत्याआवश्यक सामग्री नरोक्ने निर्णय गरेको मोर्चाले २४ घण्टा नबित्दै आफ्नो प्रतिवद्धता विरुद्ध औषधी बोकेको गाडीमा आगजनी गरेका छन् । गएराति मोर्चाका कार्यकर्ताले विरगञ्जमा औषधी बोकेको ना २ ख ८२९२ नम्वरको ट्रकमा आगजनी गरेका हुन् । मोर्चाले विहिवार विज्ञप्ती जारी गर्दै औषधी भित्राउने दिने जनाएको थियो ।

गाडीमा औषधी भएको जान्दाजान्दै पनि मोर्चाका कार्यकर्ताले गाडीमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । प्रहरीका अनुसार मोर्चाले औषधिको सवारीलाई निर्वाध रुपमा चलाउन दिने निर्णयसँगै व्यवसायीहरुले औषधि पठाउने तयारी गरिरहेका बेला ट्रकमाथि आगजनी हुनु दुःखद भएको व्यवसायीहरुले बताएका छन्। व्यावसायीहरुले निर्णय भएको केही घण्टा नबित्दै गाडीमा आगजानी हुनुले व्यावसायीमा थप त्रास उत्पन्न भएको बताएका छन् ।

उक्त औषधी वोकेको गाडीलाई प्रहरीको स्कटिङमा शुक्रबार विहान जनकपुर लैजाने तयारी गरिएको थियो । आगलागिका कारण २० लाख मुल्य बराबरको औषधी जलेर नष्ट भएको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts