Thursday, November 19, 2015

एन्फामा आन्तरिक विवाद बढ्दो

काठमाडौं,मंसिर ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापालाई फिफाले १० वर्षे प्रतिबन्ध लगाएपछि नेपाली फुटबलको आन्तरिक विवाद फेरि सतहमा देखिएको छ । प्रतिबन्धित अध्यक्ष थापाकै योजनामा मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई एन्फाको कार्यवाहक अध्यक्ष बनाईएको भन्दै नेतृत्वसँग असन्तुष्ट केही पदाधिकारीहरुले आपत्ति जनाएका छन् । हिजो राजधानीमा पत्रकार सम्मेलन गरी एन्फा उपाध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतका पदाधिकारीहरुले मनोमानी ढंगले गरिएको निर्णय आफुहरुलाई मान्य नहुने बताए ।

उनीहरुले एन्फाको विधानले गरेको व्यवस्था अनुरुप वैधानिक कार्यसमितिको बैठक बसेर कार्यवाहक जिम्मेवारी सुम्पिनुपर्ने तथा विशेष साधारणसभा बोलाएर नयाँ नेतृत्व छनोट गर्नुपर्ने माग राखेका छन् । एन्फाको पूर्व वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि रिक्त स्थानमा नरेन्द्र श्रेष्ठलाई उपाध्यक्ष मनोनित गरिएको थियो । उनैलाई एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि साधारणसभाबाट निर्वाचित उपाध्यक्ष एवम् केही सदस्यहरुले आपत्ति जनाएका हुन् ।

उता विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले आफ्नो आधिकारिक वेभसाईटमा नरेन्द्र श्रेष्ठलाई एन्फाको कार्यवाहक अध्यक्षको रुपमा मान्यता दिइसकेको छ । एन्फाको संस्थापन पक्ष पनि अध्यक्ष प्रतिबन्धित भएपछि विधानले गरेको व्यवस्था अनुसार स्वतः वरिष्ठ उपाध्यक्ष कार्यवाहक अध्यक्ष हुने भएकोले यसका लागि कार्यसमितिको बैठक बस्नु नपर्ने बताउँछन् । नेपाली फुटबलमा विकसित पछिल्लो अस्थिरताको समाधान खोज्न एसियाली फुटबल महासंघ एएफसीका प्रतिनिधि आइतबार काठमाडौं आउँदैछन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts