बर्लिन,मंसिर ४ । भारतीयले नेपालमामाथि लगाएको अघोषित नाकावन्दीको विरोधमा जर्मनीमा बस्ने नेपाली समुदायले विरोध जनाएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय स्मन्वय समिति जर्मनी ,नेपाली जनसम्पर्क समिति,जर्मनी र बिधार्थीहरुको पहलमा भारतले लगाएको नाकाबन्दी तत्काल हटाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा भारतीय दुताबास अगाडी नेपालीहरुले प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा एनआरएन प्रमुख संरक्षक जीवा लामिछाने,उपाध्यक्ष कुमार पन्त, संरक्षक दिल गुरुङ साथै युरोप भ्रमणमा रहेका गायक शिव परियार ,मिलन आमत्य,हास्यकलाकार सन्दीप छेत्री साथै त्यहाँ रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थीहरु भारतीय दूतावास अघि जम्मा भएर करिब दुई घण्टा गरिएको पर्दशनमा सयको हाराहारीमा नेपालीहरु भेला भएर भारतविरुद्ध नाराबाजी गरेका थिए। जर्मनीका विभिन्न शहरबाट सय भन्दाबढी नेपालीहरुले र केही जर्मन नागरिकले पनि सहभागीता जनाएका थिए ।
No comments:
Post a Comment