Tuesday, November 24, 2015

भूकम्प पीडितलाई जाडोको लागि कपडा किन्न १० हजारदिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, मंसिर ८ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित परिवारलाई जाडो धान्ने कपडा किन्नको लागि प्रतिपरिवार १० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै संविधान बारे आम नागरिकलाई सचेत बनाउन ‘जनताको संविधान जनताकै माझमा’ नामक १ महिने अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री शेरधन राईले बताए।

भारतले गरेको नाकाबन्दी र बन्द हड्तालका कारण भएको आर्थिक संकटलाई सम्बोधन गर्दै आगामी आर्थिक कार्यदिशा बारे श्वेतपत्र जारी गर्ने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts