Tuesday, November 24, 2015

गृहमन्त्री र आपूर्ति मन्त्रीलाई पद छाड्न प्रचण्डको निर्देशन

काठमाडौं,मंसिर ८ । प्रचण्डले सरकारमा बसेर राम्रो काम गर्न नसक्ने भए तत्काल राजीनामा दिन दुई मन्त्रीलाई निर्देशन दिएपछि एमाओवादी भित्र खैलाबैला भएको छ । स्रोतका अनुसार प्रचण्डले गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपूर्तिमन्त्री गणेशमान पुनलाई निर्देशन दिएको स्रोतका दाबी छ ।

प्रचण्डले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्य क्षमता मूल्याङ्कन गर्न एक समिति नै बनाएका थिए । त्यस समितिको प्रमुखमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् ।

उक्त समितिको बैठकमा गृहमन्त्री बस्नेत र आपूर्तिमन्त्री पुनको चर्को आलोचना भएपछि प्रचण्डले त्यस्तो निर्देशन दिएको बुझिएको छ । पुनले इन्धनको कालोबजारी रोक्न नसकेको र बस्नेतले तराई–मधेसमा भएको आन्दोलनमा गृहका तर्फबाट भूमिका खेल्न नसकेको आरोप लागेको एक नेताले जानकारी दिए । उनका अनुसार काम गर्न नसक्ने मन्त्रीलाई तत्काल फिर्ता हुन प्रचण्डले निर्देशन दिएका थिए ।

‘बैठकमा मन्त्रीहरुले स्वकीय सचिव र निजि सचिवमा नातेदार नियुक्त गरेको विषयमा पनि निकै चर्चा भएको थियो । एमाओवादीले आफ्ना मन्त्रीहरुका लागि ३१ बुँदे आचारसंहिता जारी गरेको थियो । त्यसको एउटा बुँदामा मन्त्रीहरुले स्वकीय सचिव र निजि सचिवमा नातेदार नियुक्त गर्न नपाउँने उल्लेख थियो । तर, अहिले गृहमन्त्रीदेखि ऊर्जा मन्त्रीसम्मले नातेदार राखेका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts