काठमाडौं,मंसिर २ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले बुधबार पपुवा न्युगिनीसँग आज दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । सोमबार पपुवा न्यू गिनी संगको पहिलो खेलमा पराजित भए पछि अब नेपाललाई दोस्रो खेल जित्नै पर्ने दवाव रहेको छ । विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नेपाल सहित ८ वटा राष्ट्र समावेश छन् ।
यी ८ राष्ट्र मध्ये छनोट भएका ६ वटा राष्टले सन् २०१८ मा हुने विश्व कप छनोटमा सहभागि हुने मौका पाउने छन् । नेपालले च्याम्पियनशिप अन्तर्गत यस अघि साउन महिनामा स्कटल्याण्ड संग भएका दुवै खेलमा हार व्यहोरेकोले एक अङ्क पनि प्राप्त गर्न सकेको छैन । च्याम्पियनशिपमा क्यन्या, नेदरल्याण्ड, स्कटल्याड र हङकङ क्रमस पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । यसैगरी युएई, नामेबिया, पपुवा न्यू गिनी र नेपाल क्रमस पाँचौ, छैठौँ, सातौँ र आठौँ स्थानमा रहेका छन् । पुछारमा रहेको नेपाललाई सन् २०१८ मा हुने विश्व कप छनोटमा स्थान बनाउन र एक दिवशिय क्रिकेतको मान्यता पाउन अबका खेलमा निकै मेहेनत गर्नु पर्ने देखिन्छ ।
Tuesday, November 17, 2015
नेपालले पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्दै, नेपाललाई जित्नै पर्ने दवाब
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment