Tuesday, November 17, 2015

भारतीय नाकाबन्दीविरूद्ध राष्ट्रसंघ कार्यालय अगाडि विशाल प्रदर्शन (फोटोफिचर)

वासिङ्टन डिसी,मंसिर १ । भारतीय नाकाबन्दीको विरोधमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालय अगाडि नेपालीहरुले विशाल प्रदर्शन गरेका छन्। गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा भएको प्रदर्शनमा भारतीहरु समेत सहभागी भए।

NY_protest

भारत सरकारले नेपालमाथि गरेको व्यवहार अमानवीय र अन्तरार्ष्ट्रिय सन्धिविरूद्ध भएको भन्दै अमेरिकामा रहेका भारतीय शिख समुदायले नेपालीको प्रदर्शनमा साथ दिएका हुन्। ‘भारत मानवीय बन’, ‘भारत नाकाबन्दी बन्द गर’, ‘दक्षिणी छिमेकी नेपाललाई नपेल’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका नेपालीहरुले राष्ट्रसंघ महासचिब बान्की मुनलाई ज्ञापन-पत्र बुझाएका छन्।

NY_protest2

ज्ञापनपत्र पत्रमा अन्तर्राष्ट्रिय समुदायलाई भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी तत्काल समाधान गर्न आग्रह गरिएको छ। न्युयोर्क प्रदर्शनका क्रममा एनआरएन अमेरिकाका अध्यक्ष केसव पौडेलले सो ज्ञापनपत्र पढेर सुनाएका नागरिक न्युज डटकममा समाचार छ । एनआरएनको पहलमा भएको प्रदर्शनमा अमेरिकामा रहेका दर्जनैं नेपाली समुदायका संघसंस्था संघ तथा संस्थाका प्रतिनिधि सहभागी भएका थिए।

NY_protest3

हाल अमेरिकाको भ्रमणमा रहेका नेपालका चर्चित गायक राम कृष्ण ढकाल तथा प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलले नाकाबन्दीको बिरुद्धमा समर्थन जनाउदै राष्ट्रिय गीत गएका थिए। भारतले गरेको अघोषित नाकाबन्दीको समर्थन जनाउन अमेरिकामा रहेका अमेरिकन सिख समुदायले पनि बिरोध कार्यक्रममा सहभागी जनाएका थिए।

NY_protest4 NY_protest6

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts