Saturday, November 21, 2015

काठमाडौंबासीले तिर्खा मेटाउने मेलम्चीको काम ठप्प

काठमाडौं,मंसिर ६ । काठमाडौंबासीले तिर्खा मेटाउने बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माणको काम वैशाखदेखि ठप्प छ । सुरुमा भूकम्प र अहिले इन्धन अभावले आठ महिनादेखि आयोजनाको मुख्य पूर्वाधार सुरुङ निर्माणको काम हुनै सकेको छैन् ।
वैशाखको विनाशकारी भूकम्पले प्रभावित भएको आयोजनाको काम सुरु गर्ने बेला भारतको नाकाबन्दीका कारण सुरु हुन नसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताएको कारोबारमा खबर छ ।
‘भूकम्पले सबैभन्दा बढी असर सिन्धुपाल्चोकमा गरेका कारण तीन महिनासम्म काम हुन सकेन,’ उनले भने(‘त्यसपछि कहिले तराई बन्द त कहिले नाकाबन्दीका कारण इन्धन अभाव हुँदा काम रोक्नु परेको छ । काम कहिले सुरु हुने हो निश्चित छैन् ।’
भूकम्प पश्चात असारको अन्तिम साताबाट काम सुरु गरे पनि नियमित रुपमा हुन सकेको छैन् । मेलम्चीमात्रै नभई मुलुकमा निर्माणाधीन सबै आयोजनाको काम अहिले ठप्प छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts