काठमाडौं,मंसिर ४ । भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ । ‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालले अन्य मुलुकबाट इन्धन ल्याउनुभन्दा मधेसमा जारी आन्दोलन हल गर्नेतिर जोड दिँदा उपयुक्त हुने भन्दै घुमाउरो भाषामा असन्तुष्टि जनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।
आफूअनुकूल नेपालमा संविधान जारी नभएकोमा आक्रोशित भारतले दुई महिनादेखि नेपालमाथि नाकाबन्दी लादेपछि सरकारले यतिबेला छिमेकी चीनसँग व्यावसायिक इन्धन सम्झौता गर्न लागेको छ। तीन साताअघि चीन र नेपालबीच नेपालमा व्यावसायिक इन्धन ल्याउनेबारे ‘फ्रेमवर्क समझदारी’ पत्रमा हस्ताक्षर भएको थियो।
त्यस्तै बंगलादेशबाट इन्धन भित्र्याउनेबारेमा समेत कूटनीतिक तहमा कुराकानी अघि बढाइएको छ। भारतीय नाकाबन्दी नहट्ने बुझेपछि सरकारले चीनसँग व्यावसायिक सम्झौताका लागि कुराकानी अघि बढाएको हो।
Thursday, November 19, 2015
नेपालले अन्य मुलुकबाट इन्धन ल्याउन लागेकोमा भारत रुष्ट
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
No comments:
Post a Comment