काठमाडौं,मंसिर ४ । कांग्रेस केन्द्रीय सदस्य एवं झापाबाट निवाचित सांसद केशवकुमार बुढाथोकीले कोशी र कर्णाली नदीमा भारतले आँखा गाडेको भन्दै नेपालमा चुनाव हारेका मधेसी नेतासँग नभई सिधैं भारतीय प्रधानमन्त्री नरेन्द मोदीसँग उच्चस्तरीय वार्ता गर्न सुझाव दिएका छन् । आजको नयाँ पत्रिकासँगको कुराकानीमा उनले भनेका छन्– सप्तरी जिल्ला हाम्रो पूर्वी प्रदेशमा आए हामीलाई टाउको दुस्खाइ छैन । सप्तरीका धेरैको उठबस जनकपुरसँग छैन, विराटनगरसँगै छ ।
सुनसरीको एउटा भाग र मोरङका मधेसीको उपस्थिति भएका पहाडी र मधेसी समुदायलाई छुटाउने गरी गरिने सीमांकनमा हाम्रो समर्थन रहँदैन । अहिले भारतले मागेको कोसी हाइड्याम हो । कोसीले बिहारलाई क्षति पुर्याउने र त्यसमा विद्युत्, सिँचाइसहितका स्वार्थ उसले हेरेको हो । सोही कारण मोरङ, सुनसरीलाई २ नम्बर प्रान्तमा हाल्न खोजिएको हो । बाहिर केही नभन्ने, तर भित्री रूपमा मधेसीलाई उचालिएको कारण यही हो । उता, पश्चिममा कैलालीलाई ५ नम्बरमा जोड्न खोज्नु पनि कर्णाली नदीको स्वार्थ हो ।
महाकाली र गण्डकी भारतले पहिल्यै लिइसक्यो, अब कोसी र कर्णालीको पानीमाथि स्वार्थ खोजेको हो । सत्य कुरा यही हो । सीमांकनको समस्या नै होइन । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हारेकासँग टाउको दुखाएर वार्ता गर्ने वेला यो होइन । सीधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नुपर्छ । उच्चस्तरीय वार्ताटोली बनाएर दिल्ली पठाउनुपर्छ र भन्नुपर्छ, तिमीहरूले खोजेको के हो ? हामीलाई १९५० सन्धिले सधैँ पेल्दै आएको छ, अब त्यो सन्धिको पुनरावलोकन गराउन पहल गर्नुपर्छ ।
No comments:
Post a Comment