काठमाडौं,मंसिर ८ । वन मन्त्रालयको निर्देशनमा बिक्री भइरहेको दाउराको काठमाडौंमा अभाव हुन नदिइने भएको छ। द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक बीरेन्द्र कुमार यादवका अनुसार कम्पनीले उपत्यकामा बिक्रीकोे लागि भनी तराइको जिल्लाबाट ४ लाख किलो दाउरा ल्याएको छ। ४ लाख किलो मध्ये १ सातामा २ लाख ५० हजार दाउरा विक्री गरिसकेको र अब १ लाख ५० हजार किलो स्टकमा रहेको यादबले जानकारी दिए। बिक्रीका लागि कुनै पनि समयमा अभाव हुन नदिन बाहिरबाट ल्याउने तयारी गरिरहेको उनले बताए।
दाउरा किन्नका लागि उपभोक्ताले अब भने नागरिकता अनिवार्य रुपमा बोक्नु नपर्ने भएको छ।पहिलो दिन जसरी उपभोक्ताका लागि दाउरा किन्न नागरिकता अनिवार्य गरिएको थियो, अब भने उपभोक्ताले दाउरा किन्न आउँदा नेपाली नागरिकता अनिवार्य रुपमा ल्याउन पर्ने छैन। नागरिकता ल्याउन नपरे पनि उपभोक्ताले टोकन भने अनिवार्य रुपमा लिई कम्पनीको नियम अनुसार फारम भर्नुपर्ने उनले जानकारी दिए।
भारतीय नाकाबन्दीको कारण उपत्यकामा एलपी ग्यास र मट्टितेलको अभाव भएलगत्तै वन मन्त्रालयको निर्देशनमा दाउराको बिक्री भइरहेको सेतोपाटी डटकममा समाचार छ । कम्पनीले सर्वसाधारण जनाताको चुल्लो बन्द नहोस भने उद्देश्यले कात्तिक २९ गतेबाट दाउरा बिक्री गरिरहेको र यसको निरन्तरता रहिरहने उनले बताए। वनमन्त्रालयकै निर्देशनमा उपत्यकामा वनकाली पशुपति, बालकुमारी ललितपुरबाट दैनिक १ सय देखि १ सय ५० जनालाई दाउरा बिक्री भइरहेको छ। दैनिक विक्री गरिने दाउराको लागि उपभोक्ताले अघिलो दिन लाइनमा बसेर कुपन लिनपर्ने उनले बताए। यसरी लिएको मोटा दाउराका लागि कम्पनीले निःशूल्क घरेलु हातहतियारले चिर्न सक्ने बनाइदिएको यादबले बताए।
अहिलेसम्म दाउरा बिक्री स्थलबाट प्रायः सबैले व्यक्तिगत रुपमा नै बढी बिक्री भएको यादबले जानकारी दिए। उनका अनुसार बिक्री डिपोबाट अहिलेसम्म सरदर २४ सय ६५ व्यक्तिले प्रतिकिलो १५ रुपैयाँका दरले २ लाख ४६ हजार ५ सय किलो दाउरा लिएको यादवले जानकारी दिए। साथै संस्थागत रुपमा भने अति नै थोरै सरदर ७ संस्थाले मात्र प्रतिकिलो १७ रुपैयाँको दरले ३५ सय किलो दाउरा लिएको यादवले बताए। कम्पनीले अहिलेसम्म व्यक्तिगत रुपबाट दाउरा किन्ने उपभोक्ताबाट ३६ लाख ९७ हजार ५ सय रुपैयाँ र संस्थागत रुपमा दाउरा किनेहरुबाट ५९ हजार ५ सय रुपैयाँ संकल्न भएको जानकारी यादबले दिए।
उनका अनुसार अबको दिनमा पनि सर्वसाधरणले सहज रुपमा दाउरा पाउन् भन्ने उद्देश्यका साथ प्रत्येक वडा कार्यलयसँग छलफल गरेर वडाबाटै बिक्रीको प्रबन्ध मिलाउने तयारी रहेको यादवले जानकारी दिए। पहिलो दिनको तुलनामा माग भने न्यून हुँदै गएको र फेरी केही समयपछि यसको माग बढ्ने उनले बताए। अहिले उपभोक्ताले किनेको दाउरा प्रयोग गरी रहेकाले मागमा कमी आएको उनले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय घरयासी प्रयोजनका लागि बिक्री गरिएको दाउरा अन्य प्रयोजनमा प्रयोग भएको नभएको पनि सम्बन्धित निकायले अनुगमन गरिरहेको छ। यदी कोही कसैले यसरी बिक्री भएको दाउरा घरायसी प्रयोजनबाहेक अन्य प्रयोजनमा बिक्रि गरेको पाइएका कडा कारवाही गरिने समेत बताए। यादवले घरयासी प्रयोजनका लागि बिक्री गरिएको दाउरा अन्य प्रयोजनमा समेत प्रयोग नगर्न सबैमा आग्रह गरेका छन। दाउरा वितरणको नियमित अनुगमनको कार्यमा सम्बन्धित निकायहरुको सहयोग पनि कम्पनीले मागेको छ।
No comments:
Post a Comment