Thursday, November 26, 2015

मधेशी मोर्चा आतंक । मोर्चाका कार्यकर्ताले हानेको ढुँगाले बस पल्टिंदा दुई को मृत्यु

सप्तरी,मंसिर ११ । । आन्दोलनको नाममा तराईका जिल्लामा आतंक मच्चाउँदै आएको मधेशी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा अन्धाधुन्ध ढुंगाहान्दा दुई जनाको मृत्यु भएको छ । सप्तरीको भारदह–कोशी व्यारेज सडक खण्डमा मोर्चाका उत्श्रृंखल कार्यकर्ताले ढुंगा हान्दा बस अनियन्त्रीत भई पल्टिंदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि ९ जना घाइते भएका छन् ।

घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ प्रहरीको स्कर्टिङमा गइरहेको ना ५ ख १६६४ नम्बर बसमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका हुन् । ढुंगा प्रहारपछि अनियन्त्रित भइ बस पल्टिएको प्रहरीले बताएको छ । मृतकमध्ये धनुषा तुलसीपुर ७ की ९ वर्षीय निर्जला बस्नेतको सनाखत भएको छ । अर्का मृतकको साथबाट जीवनकुमार अधिकारीको नाममा रहेको एटीएम कार्ड भेटिएपनि पहिचान पुष्टि हुन बाँकी रहेको छ । Photo:Ekantipur

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts