काठमाडौं,मंसिर ११ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारले स्पष्टीकरण माग गरेको छ । निर्देशक खड्काले पदीय मर्यादाविपरीत काम गरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल आयल निगम बोर्डलाई वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले निर्देशन दिएपछि शुक्रबार नै निगम बोर्डले खड्कालाई स्पष्टीकरण पत्र पठाएको हो ।
निगमका कार्यकारी निर्देशक खड्काले भारतले गरेको नाकाबन्दीका कारण इन्धन संकट उत्पन्न भएपछि आपूर्तिमन्त्री पुनले वैकल्पिक उपायका लागि चीनसँगको सम्झौता अघि बढाउँदा समेत खड्काले असहयोग गर्दै आएका छन् । कार्यकारी निर्देशक खड्काको नियतमाथि शंका उत्पन्न भइरहेका बेला उनकै तोक आदेशमा हालै रुपन्देहीको भहवारीस्थित डिपोबाट तेल बाँडिएको रहस्य खुलेको खबर डवलीमा समाचार छ । भलवारी डिपो प्रमुखले कार्यकारी निर्देशक खड्काको तोक आदेशमा राजधानीको एक पेट्रोल पम्पलाई १२ हजार लिटर डिजेल दिएको रहस्य खुलेको थियो । उक्त खुलासापछि निगमका अन्य कर्मचारीहरु पनि अनुसन्धानको दायरामा परेका छन् ।
यस्तै, निगमका कार्यकारी निर्देशक खड्काले हालै नियमविपरित १६ जना अधिकृतस्तरका कर्मचारीहरुको बढुवा गरेको आरोप छ । हालै भारतले गरेको नाकाबन्दीका कारण मुलुकमा चरम इन्धन संकट हुँदा समेत निगमका कार्यकारी निर्देशक खड्का अनुत्तरदायी देखिएका छन् ।
यस्तै, भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्तिमा समस्या उत्पन्न भइरहेका बेला कार्यकारी निर्देशक खड्काले कमिशनको चक्करमा भारतीय नागरीकको कम्पनी विराट पेट्रोलियमलाई प्रालिलाई ठेक्का दिएको खुलासा भएको थियो ।
नेपाल आयल निगमले ‘दशैंमा १५ दिनका लागि इन्धन आपूर्ति गर्ने’ भन्दै सार्वजनिक आसयपत्र माग गरेको थियो । आसयपत्र पेस गर्ने २२ कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य पेस गरेको भारतीय नागरीकको कम्पनी विराट पेट्रोलियमलाई ठेक्का दिएर करोडौँ रुपैयाँ भ्रष्टाचार गर्न आरोप लागेको थियो ।
अरुले विराटले भन्दा ३० रुपैयाँ कमसम्ममा आपूर्ति गर्न सक्ने आसयपत्र पेस गरेका थिए । निगम प्रमुख खड्काले गत ३० असोजमा विराट पेट्रोलियमलाई इन्धन ल्याउने ठेक्का दिने निर्णय गरेका थिए ।
उक्त खुलासापछि विराटले निगमसँगको सम्झौता खारेज गरिसकेको छ । विराटलाई इन्धन आपूर्ति ठेक्का र त्यसबापत २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने नेपाल आयल निगमको निर्णयबारे व्यवस्थापिका संसदका दुई बेग्ला बेग्लै समितिले छानविन अघि बढाएपछि विराटले सम्झौता एकपक्षीय रुपमा तोडेको थियो ।
आयल निगम बोर्डका अनुसार खड्काले स्पष्टीकरण पत्र बुझ्न मानेका छैनन् । खड्काले बुक्र्न नमानेपछि उनलाई सोधिएको पत्र आयल निगम कार्यालयमा दर्ता गरिएको छ ।
No comments:
Post a Comment