Thursday, November 26, 2015

भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टेस्ट रोमाञ्चक मोडमा

एजेन्सी,मंसिर ११ । भारत र दक्षिण अफ्रिकाबीच नागपुरमा चलिरहेको तेस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । भारतीय स्पिनरहरु चम्कीएपछि एकैदिन विस विकेट झरेको भारतविरुद्ध आज तेस्रो दिन अफ्रिकाले लक्ष्य पछ्याउन मैदान उत्रेको छ । ३ सय १० रनको लक्ष्य पाएको अफ्रिकाले यो समाचार तयार पार्दासम्म ४५ ओभरको समाप्तीमा १ सय ५ रन बनाएर खेलिरहेको छ ।

नागपुरमा जारी टेस्टमा भारतले पहिलो पारीमा २सय १५ र दोस्रो पारीमा १ सय १७३ रन बनाएको थियो । अफ्रिकाभने पहिलो पारीमा ७९ रनमा समेटिएको थियो । अफ्रिकाको आजको खेल हसिम अमला र डि एल्गरले अगाडी बढाउने छन् । जारी चार टेस्ट म्याचको श्रृङखलामा भारत १–० ले अगाडी छ । आजको खेलमा भारत विजयी भए श्रृङखला एक खेल अघिनै भारतको पोल्टामा जाने छ । अफ्रिका विजयी भए चौथो टेस्टनै निर्णायक बन्ने छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts