Sunday, November 1, 2015

निवर्तमान राष्ट्रपति यादव र वर्तमान राष्ट्रपति विद्या अब सम्धी/सम्धिनी !

काठमाडौं, कातिक १६ । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी चाँडै नै पारिवारिक सम्बन्धमा गाँसिदैछन् । नेपालको राजनीतिक इतिहासमै यो एउटा अनौठो घटना हुँदैछ की दुई पार्टीका शीर्ष नेताहरु जो राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगे उनीहरुबीच पारिवारिक नाता गाँसिदैछ ।

कांग्रेस र एमालेका धेरै नेताहरुलाईसमेत थाहा छैन रामवरण र विद्या भण्डारी सम्धी सम्धिनी बन्दैछन् । स्रोतका अनुसार दुवै परिवार चाँडै नै औपचारिक सम्बन्धमा बाँधिदैछन् । यो अनौठो सम्बन्ध निवर्तमान राष्ट्रपति रामवरण यादवका नाति र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरीबीच बिहे हुन लागेको हो ।

रामवरण यादवकी भतिजी तथा कांग्रेस सभासद किरण यादवका कान्छा छोरा र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुशुम प्रेम सम्बन्धनमा रहेको पारिवारिक स्रोतले जनाएको छ । यी दुवै परिवारबीच विगत केही समयदेखि न्यानो सम्बन्ध रही आएको बताइन्छ । सम्भवतः यसैवर्ष बिहे हुने भएको छ ।
अाजकाे साँघु साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts