Sunday, November 1, 2015

राप्रपामा केन्द्रीय सदस्यको मूल्य २५ लाख

काठमाडौं, कातिक १६ । आधिकारिकताको मुद्दामा अल्झिएको राप्रपाभित्र केन्द्रीय सदस्य तानातानको खेल अझै जारी छ । लोकेन्द्रबहादुर चन्द पक्षले एक महिनाअघि बहुमतसहितको हस्ताक्षर तथा सनाखत निर्वाचन आयोगमा पेश गरेको थियो । आयोगले पशुपतिशमसेर राणा पक्षलाई पनि सनाखतको लागि १५ दिने अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमको म्याद १९ गते समाप्त हुँदै छ । राणा पक्षले १९ गते भित्रमा बहुमत प्राप्त नगरे पार्टीको आधिकारिकता चन्द पक्षले पाउने छ । एक सय जनाको केन्द्रीय समिति मध्ये चन्द पक्षले ५४ जनाको हस्ताक्षर तथा सनाखत पेश गरेको आजको तरुण साप्ताहिकमा खबर छ ।

अब राणा पक्षले चन्द समूहमा लागेकामध्ये पाँचजनलाई आफ्नो पक्षमा ल्याएर निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ । यसका लागि राणा समूह अन्तिम गृहकार्यमा जुटेको छ । समाचार स्रोतका अनुसार अध्यक्ष राणाले यो कामको जिम्मा दीपक बोहोरा, निलकण्ठ काफ्लेलगायत पाँचजनालाई दिएका छन् । प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म खर्च गरी चन्द पक्षमा लागेकामध्ये कम्तिमा पाँचजनलाई आफ्नो पक्षमा ल्याएर निर्वाचन आयोगमा पेश गर्न रणाले निर्देशन दिएको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार ‘मलाई करबलले फसाइएको हो । म चन्द पक्षमा लागेको छैन’ भनेर निर्वाचन आयोगमा साविती बयान दिनासाथ २५ लाख रुपैयाँ भुक्तानी गर्ने तयारी राणा पक्षको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts