Sunday, November 1, 2015

बेष्टरेमिट र काष्ठमण्डप डेभलपमेण्ट बैंक बीच रेमिट्यान्स सम्झौता

काठमाडौं,कातिक १६ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउदै आएको बेष्ट रेमिट नेपालले काष्ठमाण्डप डेभलपमेण्ट बैंक लिमिटेडसँग रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बेष्ट रेमिटका तर्फबाट प्रवन्ध निर्देशक श्याम तामाङ र काष्ठमण्डप डेभलपमेण्ट बैंकका तर्फबाट बरिष्ठ नायब प्रवन्धक उमेश रेग्मीले सयुक्तरुपमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै अब विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स काष्ठमाण्डप डेभलपमेण्ट बैंकका १९ वटा शाखाबाट भुक्तानी लिन सकिने छ । सम्झौता पछि संक्षिप्त प्रतिक्रिया दिदै बेष्ट रेमिटका प्रवन्ध निर्देशक तामाङले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पु¥याउन यो सम्झौताले थप सहज बनाउने बताउनु भयो ।

यता सम्झौतापछि काष्ठमण्डप डेभलपमेण्ट वैंकका बरिष्ठ प्रवन्धक रेग्मीले वेष्ट रेमिटसँगको सम्झौताले रेमिट्यान्स कारोवारमा बृद्धि हुने जनाउनु भयो । उहाँले भन्नुभयो–‘ यो सम्झौताले दुवै पक्षका ग्राहकले थप सेवा पाउने छन् ।’
गैरआवासीय नेपालीहरुद्धारा प्रर्वद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ ।

बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरि रेमिट्यान्स कारोवार बढाइरहेको जनाएको छ । विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts