Friday, November 20, 2015

कांग्रेसले देखायो घुर्की -‘प्रचण्डको समितिले बोलाएको वार्तामा बस्दैनौं’

काठमाडौं,मंसिर ४ । सरकारले बोलाए नेपाली कांग्रेसलेपनि मोर्चासँगको वार्तामा सहभागि हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रसँगको वार्तामा नबस्ने तर सरकारले बोलाए वर्तामा बस्ने निर्णय गरेको हो । राजनीतिक संयन्त्र सरकारलाई सुझाव दिन बनेकाले उससँगको वार्तामा बस्नुको अर्थ नहुने बताउदै कांग्रेस यस्तो निर्णय गरेको हो ।

बैठकले पुननिर्माण प्राधिकरणले पहिलेकै योजना अनुसार काम गर्नुपर्ने, सरकारले गरेका कामको एक महिनाको समिक्षा गरेर पार्टीले आफ्नो धारणा बनाउने, मुख्य निर्णय गर्नुअघि सरकारले प्रतिपक्षसँग छलफल गर्नुपर्ने, आन्दोलनरत मोर्चासँगको वार्ताका लागि सरकारले बोलाए सहभागी हुने तर सरकारले निर्माण गरेको संयन्त्रमा सहभागी नहुने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts