माली,मंसिर ४ । केही अज्ञात बन्दुकधारीद्वारा मालीको राजधानी वामाको एक होटेलमा बन्धक बनाइराखिएका करिब ८० जनालाई सकुशल मुक्त गरिएको छ । मालीको गृहमन्त्रालयले जनाएअनुसार बन्दुकधारी समूहले राजधानी वामाकोमा अवस्थित ¥याडिसन होटलमा करिब १४० जना पाहुनासहित ३० जना कर्मचारीलाई होटेलभित्र थुनेका थिए ।
बन्धक बनाइएकामध्ये करिब १० जना चिनियाँ नागरिक भएको मालीस्थित चिनियाँ राजदूतावासले जनाएको छ । शुक्रबार बिहानै बन्दुकधारी समूहले एकाएक होटेलमा प्रवेश गरी पाहुनाहरु बसेका कोठाबाट होटेल बाहिर जाने मार्गलाई बन्द गरी अन्धाधुन्ध गोली चलाएका एक प्रत्यक्षदर्शीले बताए ।
सुरक्षाकर्मीले करिब १० जनाको समूहमा बन्दुकधारीले होटलमा धावा बोलेका थिए । सुरक्षाकर्मीले अहिले सम्पूर्ण होटलालाई नियन्त्रणमा लिई अनुसन्धानपछि होटेलभित्र फसेका मानिसलाई सुरक्षित बाहिर ल्याइसकेको छ ।
यसैबीच, २० भारतीय नागरिक होटलमा बन्धक बनाइएका भारतीय अधिकारीले बताएका छन् । तर ८० जना मुक्त भएका मानिसमध्ये बन्धक बनाइएका सबै भारतीय नागरिक पनि छुटेका कुराको सूचना लिन मालीका लागि भारतीय राजदूतले जनाएका छन् । रासस
No comments:
Post a Comment