काठमाडौं,कातिक २० । नेपाल आयल निगमले आज ३१ देखि ५० लटसम्मका मोटरसाइकल तथा ६ देखि ८ लटसम्मका कार र जिपलाई पेट्रोल वितरण गर्दैछ । शुक्रबार निजी सवारीलाई लक्षित गरी झण्डै चार लाख लिटर पेट्रोल वितरण गर्न लागेको निगमले जनाएको छ ।
पेट्रोल वितरण दिउँसोदेखि हुने भएपनि पम्पहरुमा रातीदेखि नै मोटरसाइकल र कार जिपको लामो लाइन लागेको छ । निगमले हिजो ३० लटसम्मका मोटरसाइकल र ५ लटसम्मका कार तथा जिपलाई पेट्रोल वितरण गरेको थियो । भोलि ५१ लटदेखि माथिका सबै मोटरसाइकल र ९ लटदेखि माथिका कार तथा जिपलाई पेट्रोल वितरण गर्ने तयारी छ ।
No comments:
Post a Comment