मालिका केशरी सरल भाषाशैली प्रयोग गरेर गहन विषयलाई उजागर गर्ने युवा साहित्यकारको रुपमा प्रसिद्धी पाएका व्यक्ति हुनुहुन्छ । उहाँका बिभिन्न पत्रपत्रिकामा लेखीएका थुप्रै विश्लेषणत्मक लेख रचनाले नेपाली पाठकको मन छुन सफल छन् । करिब पाँचबर्ष अगाडी
उहाँको प्रकाशीत उपन्यास मिरमिरेले धेरै युवा पाठकको मन जीतेको थियो । हाल उहाँ फेरी अर्को उपन्यास “पुनरुत्थान” लिएर आउँदै हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग रियलखवर डटकमका संम्वादाताले गरेको कुराकानी ।
आजकाल केमा व्यस्त हुनुहुन्छ ?”
यी दिनहरूमा म मेरो नयाँ उपन्यास दासी नारीको तयारी गरिरहेको छु । साथै सम्पुर्ण काम सकिएर बजारमा निस्कन तयार उपन्यास “पुनरुत्थानको” प्रचार–प्रसारमा पनि व्यस्त छु ।
तपाईंको उपन्यास पुनरुत्थान कस्तो कथाबस्तु बोकेको उपन्यास हो ?
विशेषतह यो एक युवाको कथा हो । जीवनमा भोगेका घटनालाई औपन्यासीक अकारमा ढाल्नेकाम मात्र मैले गरेको हुँ । यसमा मुख्यपात्र बालक हुँदा उसले भोगेको समाजको चित्रण छ । साथै शैशबकाल र युवा अवस्थामा देश र देशवासीले भोगेको युद्धको घाउ र पिडा पनि समाविष्ट छ । अन्तमा जीवन भौतिकबाद र अध्यात्मबादको दोसाधमा पुग्छ । समाजिक उत्तरदायीत्व, यसका मुल्यमान्यताले मानिसलाई सहज जीउन नदिइ झन् पिडामा जीउन बाध्य पारेको छ । त्यसकारण त्यस्ता कुरितीलाई औल्याएर समाजिक चेत उजागर गर्ने प्रयास पनि पुनरुत्थानले गरेको छ ।
पुनरुत्थान कस्ता पाठकलाई केन्द्रमा राखेर तयार छ ?
मैले माथि नै कबोल गरिसेको छु । यो कथा एक युवाको कथा हो त्यसकारण पनि यसका मुख्य पाठक युवाहरू नै हुनेछन् । यसको अलावा नेपाली साहित्यमा रुचीराख्ने जो कोहीको लागि पनि यो पुस्तक पढ्न लायक पुस्तक हो ।
तपाईंले पुनरुत्थान एक युवाको भोगाई हो भन्नु भयो । यसको मतलव पुनरुत्थान कसैको वास्तविक जीवनमा आधारित छ भन्न खोज्नु भएको हो ?
प्रथम कुरा त यो उपन्यास हो । कुनै पनि उपन्यास कसैको जीवनसँग शतप्रतिशत मेल खाँदैन । केही प्रतिशत त्यहाँ पक्कै पनि कल्पना हुन्छन् नै, तर पनि यो मेरो उपन्यासमा धेरै प्रतिशत वास्तविकता र थोरै प्रतिशत कल्पनाको संयोजनमा तयार पारिएको छ ।
तपाईंको बहुप्रतीक्षित उपन्यास ‘पुनरुत्थान’ बजारमा आउन ढिलाइ भयो के कारणले पाठकलाई लामो प्रतीक्षामा राख्नु भयो ?
हो, केही ढिलाइ भयो । दसैंअगावै बाजरमा ल्याउने हामीले तयारी गरेका थियौं । तर पछिल्लो घटनाक्रम, अघोषित नाकाबन्दीले गर्दा हामीले हाम्रो योजनालाई केही पर सार्नै पर्ने भयो । तर हामी यसलाई तिहार सकिएलगत्तै बजारमा ल्याउने छौं । छपाइ कार्य समाप्त
भइसकेको छ । मात्र उपयुक्त दिन पारेर पुनरुत्थानलाई बजारमा ल्याउने छौं ।
अब कुरा गरौं तपाईंको नविन उपन्यास दासी नारीको । कस्तो कथा वस्तु बोकेको उपन्यास हो दासी नारी ?
यो विशेषतः नारी संवेदनामा आधारित भएर लेखिएको उपन्यास हो । यसमा मैले नारी मनोविज्ञान, सभ्य र संयम ठान्ने समाजको बीचमा पनि नारी कसरी अपहेलित र उपेक्षित जीवन जीउन बाध्य छिन्, वास्तवमा आजका नारी के चाहन्छन् ? आजभन्दा पच्चीस सय तीन हजार वर्षदेखि हालसम्मको नारी अवस्थाको सचित्र चित्रण पनि हो दासी नारी ।
तपाईंलाई यो आरोप लाग्ने गरेको छ, तपाईंका पात्रहरू निरीह हुन्छन्, दासी नारीमा पनि मुख्यपात्र निरीह छन् कि सशक्त ?
लामो हाँसो, धेरै साथीहरूबाट मैले यस्तो सुनेँ, साहित्य विचार हो । विवेचना हो । यसमा लेखकले जुन उद्देश्य र भाव राखेर लेख प्रस्तुत गरेको छ त्यही नै पाठकले ग्रहण गर्नुपर्छ भन्ने छ्रैन । विभिन्न तह र उमेरका पाठकअनुसार बुझाइमा पनि विविधता आउन सक्छ । मैले लेख्दा अक्सर त्यस्ता पात्रको चयन गर्छु, जुन पात्र वास्तममा नै समाजमा प्रभावशाली छन् । तर पाठकले त्यही पाठकलाई
निरीह पाउनु पाठकको विशेषता हो । दासी नारीमा नारी पात्र प्रमुख पात्र र सशक्त पात्रको रूपमा प्रस्तुत छ ।
कहिलेसम्मा पाठक समक्ष पुग्न सक्छ त तपाईंको अर्को उपन्यास दासी नारी ?
करिब छ महिना लाग्लाकी ।
तपाईंका कृतिहरू आख्यानमात्र छन्, किन तपाईंले आख्यान रोज्नु भयो ?
हो मेरा प्रकाशित भएका पुस्तक उपन्यास (आख्यान) मात्र छन् । आख्यानमा सानो कुनै कुरा बुझाउनका लागि धेरै शब्दहरू चयन गर्न पाउने छुट छ । तर कविता वा गीतमा धेरै कुरा व्यक्त गर्नका लागि थोरै शब्द प्रयोग गरी लयात्मकतामा जोड दिनुपर्ने हुन्छ । जुन मेरालागि सहज
छैन । अर्को स्वेच्छाको कुरा पनि भयो । तपाईं आफ्ना रचना वास्तविक नामको सट्टामा मालिका केशरीको नामले प्रकाशित गर्नुहुन्छ ।
मालिका केशरी नै किन ? यो त कुनै महिलाको नाम जस्तै भएन र ?
मलाई धेरै साथीहरूले भन्ने नै यही हो । उहाँहरूको तर्क छ मेरो नाम केटीको जस्तो भयो । मेरो विचारमा नाम भनेको पहिचान हो । यसले पहिला पुरुषभन्दा पनि व्यक्तित्वको पहिचान गर्छ । वास्तममा मैले मालिका केशरी नाम चयन गर्नुको अर्थ साहित्य–कला भनेको त्यस्तो तत्व हो जसले कठोरभन्दा कठोर वस्तुलाई पनि कोमलरुपमा प्रकट गर्नसक्छ । जसले कठोर हृदयलाई नरम बनाउँछ । मालिकाको अर्थ हुन्छ रानी अर्थात् कोमलताको प्रतीक त्यसकारण साहित्य पनि कोमलताको प्रतीक नै हुनाले मैले मालिका नाम चयन गरेँ ।
साहित्यको बजार कस्तो पाउनु भएको छ ?
पक्कै पनि साहित्यिक पुस्तक लेख रचना अध्ययन तथा लेखन गर्ने युवाको संख्या बढेको छ । विगत केही वर्षमा पुस्तकप्रति युवाहरूको मोह वास्तमै लोभलाग्दो देखिन्छ । यो राम्रो पक्ष हो । तैपनि नेपालको सानो बजारबाट त्यति धेरै लाभ लिन सक्ने अवस्था छैन । यसका लागि विदेशी भूमी जहाँ नेपालभाषीको ठूलो बसोवास छ त्यहाँ पनि नेपाली पुस्तकको पहुँच पु¥याउन सके अझ ठूलो बजारको आकार लिन सक्थ्यो । जति–जति यसको बजार बिस्तार हुन्छ । त्यति नै संख्यात्मक र गुणात्मकता विकास हुनेछ भन्ने मलाई लाग्छ ।
अन्तमा, नयाँ आगन्तुक लेखकलाई के सन्देश तथा सल्लाह दिन चाहनुहुन्छ ?
साहित्य सृजना गर्ने क्षमता हरेक व्यक्तिमा हुन्छ, कतिले यसलाई बेलैमा चिन्छन् भने कतिले यसलाई चिन्न सक्दैनन् । प्रथमत आफ्नो क्षमताको पहिचान गर्नुहोस् । साहित्यका विधा धेरै छन् । सबैतिर हात हाल्दा गुणस्तरमा ध्यान दिन गाह्रो हुनसक्छ त्यसकारण निश्चित विधा जहाँ तपाईं वास्तममै रम्नुहुन्छ त्यही चयन गर्नुहोस् । लेख्नका लागि निश्चित रुटिन बनाएर सो रुटिन भित्र केही न केही लेख्नुहोस् । आफूले लेखेका कुराहरू धेरैलाई सुनाउँदै हिँड्दा सुन्ने व्यक्तिले हामीले सोचेजस्तो इच्छा नदेखाएको वा उसले गर्ने गलत टिप्पणीले हामीलाई
हत्तोसाही बनाउन सक्छ । त्यसकारण धेरैलाई सुनाउन छाडेर लेख्नुहोस् । लेखिसकेपछि कम्तीमा पाँचपटक लेख्नुहोस् । यसरी हामी उत्कृट कृति सृजना गर्न सफल हुन्छौं ।
No comments:
Post a Comment