Saturday, October 17, 2015

एक करोडको राष्ट्रिय लिगको उपाधि थ्री स्टारको कव्जामा

काठमाडौं, असोज ३० । राष्ट्रिय लिग फुटबलको उपाधिका लागि थ्रीस्टारले हात पारेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको अन्तिम खेलमा मनाङमर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब ३५ अंकका साथ शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो ।

थ्रीस्टारलाई जिताउने क्रममा ओलावाले र विजय धिमालले एक–एक गोल गरे । जितसँगै थ्रीस्टारले एक करोड रुपैयाँ जितेको छ । यस्तै, ३३ अंकमा रही लिग सकाएको त्रिभुवन आर्मी क्लबले उपविजेता बन्दै ५० लाख रुपैयाँ जितेको छ ।

यस्तै, अन्तिम खेलमा थ्रीस्टारसँग पराजित भएको मनाङ ३१ अंकसहित तेस्रो स्थानमै खुम्चिएको छ । मनाङले २५ लाख रुपैयाँमै चित्त बुझाएको छ । पहिलो पटक ‘होम एन्ड अवे’का आधारमा भएको प्रतियोगितामा नौ टिम सहभागी भएकामा मोरङ फुटबल क्लब विराटनगर पुछारमा रह्यो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts