काठमाडौं,कातिक १ । प्रधानमन्त्री चयनको एक सातासम्म पनि मन्त्री चयनमा विवादित देखिएका प्रमुख दलहरुमा दशैं लगत्तै गर्नुपर्ने राष्ट्रपति चयनका पनि उत्तिकै विवाद देखिएको छ । एमालेहरु विभाजित हुनु, कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी नदिई एमाले र एमाओवादी सामू नैतिक दबाब बढाउनु र भारतले मधेसको आन्दोलनलाई सेफ ल्याण्डिंग हुने गरी आफू अनुकूलको राष्ट्रपति चयनमा दबाब दिनुले दलहरुमा झन् विवाद बढेको आजको नयाँ पत्रिका दैनिका खबर छ ।
एमालेबाट विद्या भण्डारी, झलनाथ खनाल, सुवास नेम्वाङ आकांक्षी देखिएका र धेरै नेताहरु कांग्रेसलाई दिन नहुने पक्षमा छन् । एमाले नेता माधव कुमार नेपाल भने भद्र सहमितमा गरेको विश्वासघात कांग्रेसले सच्चाउछ भने राष्ट्रपति कांग्रेसलाई दिन सकिने बताउछन् । कांग्रेसबाट शीर्ष तीन नेताले दाबी नगरे पनि अहिलेकै राष्ट्रपतिलाई दोहोर्याउने वा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई अघि लगाउने भन्नेमा छलफल छ ।
No comments:
Post a Comment